Logo

जनरल इन्स्योरेन्सको चौथो साधारणसभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित

जनरल इन्स्योरेन्सको चौथो साधारणसभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष कुनाल कयालले आर्थिक बर्ष २०७७-७८ को बार्षिक प्रतिवेदन पेश गरेका थिए ।

laxmi

सो प्रतिवेदन छलफलपछि पारित भएको छ । त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्षसहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसूचि माथि छलफल गरी पारित भएको छ ।

त्यस्तै, आर्थिक बर्ष २०७८–७९ को लेखापरीक्षण समितिको सिफारिस महालेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL