GBIME

नेप्लिज योङ्ग इन्टरप्रेनर्सको अध्यक्षमा चिराग गोयल, चुनियो ११ सदस्यीय कार्यसमिति


बिजखबर संवाददाता
29 May, 2022 3:45 pm

नेप्लिज योङ्ग इन्टरप्रेनर्सको अध्यक्षमा चिराग गोयल, चुनियो ११ सदस्यीय कार्यसमिति

काठमाडौं । नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । मेरियट होटलमा सम्पन्न सभाले चिराग गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

NLIC
LAXMI

नयाँ कार्यसमितिमा इमिडेट पास्ट प्रेसिडेन्ड निरज कर्माचार्यसहित प्रथम उपाध्यक्षमा प्रार्थना साखा र द्वितीय उपाध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । त्यस्तै आप्पा शेर्पा, क्षितिज तामाङ,ईच्छा मल्ल,रसना श्रेष्ठ,निर्देश द्वा,निषित मित्तल र अनुभव श्रेष्ठ कार्यसमिति सदस्यमा चयन भएका छन् ।

नयाँ कार्यसमितिले युवा युद्यमीहरुलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने नवनिर्वाचित अध्यक्ष चिराग गोयलले बताए । साथै युवा उद्यमीहरुको समस्याहरुलाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने , नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL