Logo

सर्वोत्तम सिमेन्टको साधारण सभाबाट बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

सर्वोत्तम सिमेन्टको साधारण सभाबाट बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित



काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७र२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७र२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखा परीक्षकमा सुभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

साथै, विशेष प्रस्तावहरू अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ६० लाख कित्ता सेयर निष्कासन बुक बिल्डिङ विधिबाट गर्ने प्रस्ताव पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL