Logo

औषधि उत्पादक कम्पनीहरुमा उत्कृष्ट क्वेष्ट फर्मास्युटिकल्स, जित्यो कर्पोरेट एक्सिलेन्स अवार्ड

औषधि उत्पादक कम्पनीहरुमा उत्कृष्ट क्वेष्ट फर्मास्युटिकल्स, जित्यो कर्पोरेट एक्सिलेन्स अवार्ड



काठमाडौं । क्वेष्ट फर्मास्युटिकल्सले नेपालमा संचालित औषधि उद्योगहरुलाई पछि पार्दै कर्पोरेट एक्सिलेन्स अवार्ड २०२१ जितेको छ । कर्पोरेट क्लवले आयोजना गरेको द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट इक्सिलेन्स एण्ड द एचआरएम नेपाल अवार्डस फर डिस्टिङग्वेस्ट सर्भिस २०२१ बाट सम्मानित भएको हो ।

विभिन्न सर्वेक्षणको आधारमा क्वेष्ट फर्मास्युटिकल्सलाई उत्कृष्ट कम्पनी घोषणा गरिएको आयोजकले जानकारी दिएको छ । नेपालमै धेरैजसो रोगको औषधि उत्पादन गर्दै आएको उक्त कम्पनीलाई स्वतन्त्र रुपमा गरिएको सर्बेक्षण र जुरीको सर्टलिष्ट पछि पुनः गरिएको सर्बेक्षणको आधारमा उत्कृष्ट औषधि कम्पनीको रुपमा सम्मान गरिएको थियो ।

सो कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रबन्ध निर्देशक रहेका छन् । कम्पनीले उत्पादन गर्ने औषधिको गुणस्तर, मुल्य, कर्मचारीलाई दिनईने सेवा सुविधा, राज्यमा पुर्याएको योगदानलगायत विभिन्न विषयमा सर्बेक्षण गरी पाएको नम्बरको आधारमा सम्मानित गरिएको थियो ।

आयोजकले उक्त कार्यक्रमको तयारी पछिल्लो ६ महिना देखि नै सुरुवात गरेको थियो भने निर्णयक मण्डलले यसमा पछिल्लो ५ महिना देखि अनवरत रुपमा कार्यसम्मपन्न गरेका थिए । निर्णयक मण्डलको नेतृत्व काठमाण्डौ विश्वविद्यालयका व्यवस्थापन संकायका पुर्व डिन प्रोफेसर डा. सुवाश के.सीले गरेका थिए । साथै अन्य निर्णायक मण्डल सदस्यहरुमा पुणय प्रसाद न्यौपाने पुर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ त्रिभुवन विश्वविद्यालय, सफल पार्टनरका सीईओ ओषुतोश तिवार, पुर्व बैकर वर्षा श्रेष्ठ र पत्रकार मुकुल हुमागाइ रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL