Logo

सामसुङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जना ग्राहकहरू बने भाग्यशाली विजेता

सामसुङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जना ग्राहकहरू बने भाग्यशाली विजेता



काठमाडौं । सामसुङ मोबाइलको विन्टर स्किमको तेस्रो लक्की ड्र सम्पन्न भएको छ । बुधबार राजधानीमा सम्पन्न लक्की ड्र मार्फत २१ भाग्यशाली ग्राहक छानिएका छन् ।

विजेता ग्राहकहरूले जनही ५ ग्रामको सुन हात पारेका छन् । सामसुङले ग्राहकहरूलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्नु हुने ग्राहकहरूले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL