Logo

रिज लाईन ईनर्जीले आइपीओ ल्याउने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

रिज लाईन ईनर्जीले आइपीओ ल्याउने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । रिज लाईन ईनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

laxmi

सो नियुक्तिसम्बन्धी सम्झौतो मंगलबार सम्पन्न भएको हो । सम्झौतामा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीले अधिकृत तथा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने रु. २० करोड ८२ लाख ८७ हजार रकम बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL