Logo

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा, १८ प्रतिशत नगद लाभांश पारित

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा, १८ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेकोअध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित गरेको छ । यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक बर्ष देखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवाहरु समेत संचालन गर्ने योजना रहेको छ । त्यसैगरी यसै आर्थिक बर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजनासमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL