Logo

नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने, नो हर्न कार्यक्रमलाई सहयोगबारे छलफल

नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने, नो हर्न कार्यक्रमलाई सहयोगबारे छलफल



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृणप्रसाद दुलाल नेतृत्व ६ सदस्यीय प्रतिनिधि र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईबीच भेट तथा छलफल भएको छ ।

laxmi

नाडाका अनुसार आज बिहीबार भदौ १० गते भएको सो छलफलमा महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको हो ।

नाडाले विगत देढ दशक अघि देखि महानगरिय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पु-याउदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ ।

सो छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

nada

प्रतिक्रिया दिनुहोस्
MBL