काठमाडौं । यती एयरलाईन्सको एटीआर–७२ जहाज अवतरणको क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) को धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको उक्त जहाज विमानस्थलको धावनमार्गमा चिप्लिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले् जानकारी दिएका छन । शुक्रबार विहान भएको सो दुर्घटनामा कुनै मानविय क्षती नभएको यती एयरले जानकारी दिएको छ । कम्पनीका अनुसार जहाजमा सवार सबै यात्रुलाई…