Logo

पाँचपोखरीलाई धार्मिक पर्यटन हबमा विकास गरिँदै, साउन ३० मा ट्रेल हाफ म्याराथान

पाँचपोखरीलाई धार्मिक पर्यटन हबमा विकास गरिँदै, साउन ३० मा ट्रेल हाफ म्याराथान



काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरीलाई धार्मिक पर्यटकको रुपमा विकास गर्ने उद्देश्यले तेस्रो ‘पाँचपोखरी ट्रेल हाफ म्याराथान २०१९’ हुने भएको छ । ‘शाहसिक खेलकुद हाम्रो अभियान धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान भन्ने मुल नाराका साथ यही साउन ३० गते पाँचपोखरी ट्रेल हाफ म्याराथान हुने भएको हो ।

laxmi

विगतका बर्षहरुमा झै यस बर्ष पनि पाँचपोखरी देखी रैथाने मन्दिर सम्म करिब २१ किलोमिटर हुने उक्त प्रतियोगितामा १ सय ५५ जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहने थाङपालधाम गाउँपालिका अध्यक्ष टासी शेर्पाले जानकारी दिएका छन ।

४ दिन सम्म चल्ने सो प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतले सहभागिता जनाउने छन । उक्त प्रतियोगिताको लागि सहभागिले साउन २५ गते सम्ममा नाम दर्ता गराउनु पर्ने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार २५ गते सम्ममा नाम दर्ता गराउने सहभागिलाई बीमाको समेत ब्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने हरेक समुहको खेलाडीले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र पाउने छन । साथै दोस्रो, तेस्रो, चौथो तथा पाँचौं हुनेलाई क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगत सहित मेडल प्रमाण पत्र रहेको आयोजकले जानकारी दिएको छ ।

उक्त खेलको माध्यमबाटै सो क्षेत्रको पर्यटकिय गन्तब्यहरुको पहिचानमा प्रचार प्रसार भई राष्ट्रिय तथा अन्तरराराष्ट्रिय पहिचान हुने गाउँपालिकाको विस्वास रहेको छ । सो क्षेत्रलाई सरकारले समेत १ सय गन्तब्य भित्र समेटिएको छ । साथै उक्त खेलको अन्तिम दिन रैथाने मन्दिरमा ३ ओटा प्याराग्लाईडिङ उडान परीक्षण समेत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL