Logo

यती एयरले भित्र्यायो नयाँ एटिआर ७२–५०० जहाज, धनगढीमा छिट्टै उडान भर्ने

यती एयरले भित्र्यायो नयाँ एटिआर ७२–५०० जहाज, धनगढीमा छिट्टै उडान भर्ने



काठमाडौं । यती एयरले नयाँ जहाज एटिआर ‘एटीआर–७२–५००’ विमान शनिबार काठमाडौं भित्र्याएको छ । कम्पनीले भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै उक्त जहाज भित्र्याएको हो ।

laxmi

व्यवसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने कम्पनीले जानकारी दिएको छ ।

थप नयाँ विमानसँगै कम्पनीमा एटीआर जहाज ५ ओटा पुगेको छ । कम्पनीका प्रवक्ता भीमराज राईका अनुसार उक्त जहाजले हालकै गन्तव्य तथा छिट्टै धनगढी लगायतका क्षेत्रमा उडान भर्ने छन ।

कम्पनीका जहाजले हाल चन्द्रगढी, विराटनगर, जनकपुर, पोखरा, भैरहवालगायतका स्थानमा उडान भर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL