काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले उद्यमी बन्न चाहने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिन पिच–नीक सेवा दिने तय गरेको छ । संस्थागत परामर्श दाता सेवाअन्तर्गत सो सेवा दिइने कम्पनीले जनाएको छ । कम्पनीले प्रत्येक उद्यमीहरु तथा उद्यमी बन्न चाहनेहरूबाट…