Logo

श्रृजनशील लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउने

श्रृजनशील लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउने



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बिहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार काठमाडौंको कमलपोखरीस्थित कार्यालयमा आईपीओ बाँडफाँट हुनेछ ।

laxmi

कम्पनीको आईपीओमा मागभन्दा ५६ दशलमव ८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यस कम्पनीको आईपीओ ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् । कम्पनीको आईपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीले भदौ १५ देखि १९ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्कासन गरेको थियो । कुल कित्तामध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL