Logo

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीले ५.२६ प्रतिशतले नगद लाभांश पाउने

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीले ५.२६ प्रतिशतले नगद लाभांश पाउने



काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

laxmi

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ८९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले आफ्नो ११ औं वार्षिक साधारणभा आउँदो कात्तिक २ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL