Logo

Global_Ime

एनआईबिएल एस क्यापिटलले पायो कोष व्यवस्थापकको अनुमति

एनआईबिएल एस क्यापिटलले पायो कोष व्यवस्थापकको अनुमति



काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत कोष व्यवस्थापकको अनुमती पाएको छ ।

Laxmi_sunrise
Kumari

क्यापिटलले नेपालको पूँजी बजारमा विशिष्टीकृत लगानी कोष अन्र्तगत विभिन्न कोषहरु सञ्चालन गर्ने उदेश्येका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति पाएको हो ।

विशिष्टीकृत लगानी कोष नियमावलीे, २०७५ एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रही कोष व्यवस्थापकले कोष दर्ताको प्रक्रिया अघि बढाउने छ र इकाई बिक्री मार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनीकरणका उपाय अपनाई विभिन्न क्षेत्रका कम्पनीका शेयर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्नेछ ।

यसरी गरिएको लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गर्ने उद्देश्यसमेत क्यापिटलले राखेको छ । यसरी स्थापना भएको कोषले विभिन्न कम्पनीको शेयरमा लगानी गर्ने हँुदा, विषेशगरी साना तथा मझौला व्यवसाय तथा नवप्रवर्तनमा आधारित व्यवसायलाई अत्यन्त लाभदायक हुने र समग्र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जाने आशा समेत व्यक्त गरिएको छ ।

नवप्रवर्तनमा आधारित कम्पनी तथा व्यवसायी नेपालको झन्झटिलो कर्जा प्रक्रिया, धितोको अपर्याप्तता तथा महँगो व्याज आदि कारणले गर्दा आफ्नो व्यवसाय विस्तार गर्न नसकेको अवस्थामा यस अनुमतिले नेपालमा लगानीको नँंया स्रोत स्थापित गरी उद्यमशीलताको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC