Logo

तोडियो ब्रोकर कार्टेलिङ, चुक्ता पुँजी बढाउँदै ३ तहको ब्रोकर लाइसेन्स दिने मन्त्रिपरिषदको निर्णय

तोडियो ब्रोकर कार्टेलिङ, चुक्ता पुँजी बढाउँदै ३ तहको ब्रोकर लाइसेन्स दिने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले नयाँ ब्रोकरको लाइसेन्स दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैंठकले धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ मा संसोधन गर्दै नयाँ ब्रोकर लाईसेन्स दिने निर्णय गरेको हो ।

laxmi

बैंठकले ब्रोकर लाईसेन्सको चुक्ता पुँजी वृद्धि गर्दै नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो । धितोपत्र बोर्डले गरेको निमयमावली संसोधनलाई अर्थ मन्त्रालयले मन्त्रिपरिषद्का पेश गरेको थियो । सोहीअनुरुप चुक्ता पुँजी वृद्धि गर्दै मन्त्रिपरिषद्ले ३ तहको ब्रोकर लाइसेन्स दिने प्रस्ताव पारित गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नयाँ व्यवस्थाअनुसार अबका दिनमा सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड रुपैयाँ र धितोपत्र व्यापारीको कारोबार कम्पनी ब्रोकर कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्नेछ । यसअघि २ करोड रुपैयाँ चुक्ता पुँजी राखेर धितोपत्र दलालको काम गर्दै आएका थिए ।

मन्त्रिपरिषद्को उक्त व्यवस्थासँगै अबका दिनमा समिति संख्याको ब्रोकर रहँदै आएकोमा उक्त व्यवस्था तोडियो छ । सरकारले यसअघि ५० ओटा मात्रै ब्रोकरलाई लाइसेन्स दिएर अरुका लागि खुला नगरेको भन्दै सोको विरोध हुँदै आएको थियो । तर, संशोधित नयाँ व्यवस्था अनुसार ब्रोकर लिन चाहने व्यक्तिले अब भने हरेक आर्थिक वर्षको पहिलो महिनाभित्र स्टक एक्सचेन्समा आवेदन दिन सक्नेछन् । त्यसरी आवेदन दिएर तोएिको योग्यता पुग्नेले ब्रोकर लाइसेन्स लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL