Logo

साताको पहिलो दिन ११ अंकले घट्यो नेप्से, कारोबार रकम ७४ करोडमै सीमित

साताको पहिलो दिन ११ अंकले घट्यो नेप्से, कारोबार रकम ७४ करोडमै सीमित



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ११.४७ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातीदेखि ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घट्दै १९ सय २६ को विन्दुमा आएर रोकिएको हो ।

laxmi

आज कारोबार अवधिभर २ सय २१ कम्पनीका २५ लाख २४ हजार २ सय २४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम जम्मा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ ।

आज अतिरिक्त बाहेक सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् । नेप्सेका अनुसार आज अतिरिक्त समुहको परिसुचक ४ अंकले बढ्दा सबैभन्दा धेरै अंकले ओरालो लागेको विकास बैंक समुहको परिसुचकमा ५३ अंकको गिरावट देखिन्छ । यस्तै आज जीवन बीमा समुहको परिसुचक ३९, लघुवित्तको ३६, निर्जीवन बीमा समुहको ३८, होटल तथा पर्यटन समुहको ३७ र जलविद्युत समुहको परिसुचक ३४ अंकले ओरालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आईतबार ३.३४ अंकको गिरावट देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL