काठमाडौं । असोज ५ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । बिहीबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । केही दिन अघि विभागले भदौ २५ गतेबाट दशैंका लागि घर जान अग्रिम टिकट बुकिङ खुला गर्ने भनेको थियो ।…