Logo

व्यायमशाला र हेल्थ क्लव खोल्न फिटनेस संघको माग, एसएमईज अन्तरगत ब्याज अनुदान दिन आग्रह

व्यायमशाला र हेल्थ क्लव खोल्न फिटनेस संघको माग, एसएमईज अन्तरगत ब्याज अनुदान दिन आग्रह



काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले लकडाउनको अबधिको ब्याज छुट गर्दै व्यवसाय सुचारुका लागि सरकारसँग माग गरेको छ ।

laxmi

नेपाल सरकारको स्वास्थ्य निर्देशिकाको पालना गर्दै यस व्यवसायसँग आवद्ध उद्यमीहरुले आफ्ना सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यवसाय खोल्नका लागि पहल गरिदिन संघले माग गरेको हो ।

‘कोरोना भाईरसको औषधि पत्ता नलागेको अवस्थमा उक्त रोगसँग लड्नका लागि शरिरलाई स्वस्थ्य राख्दै इम्युनिटी पावर बढाउनु जरुरी छ,’ संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले भने, ‘मानिसलाई स्वास्थ राख्नका लागि पनि तत्काल व्यायम शाला तथा हेल्थ क्लव खोल्नु आवश्यक छ ।’

अहिलेको लकडाउनको परिप्रेक्ष्यमा फिटनेस सेन्टर खुला गरेर स्वस्थ्य हुनु पर्ने अवस्थामा बन्द गर्दा झन समस्या उत्पन्न भएको श्रेष्ठले जानकारी दिए । साथै यो ब्यवसाय पनि साना तथा मझौला व्यवसाय (एसएमई) अन्तर्गत नै पर्ने र नेपाल सरकारले एसएमईलाई दिने व्याज अनुदान राहत कार्यक्रम अन्तरगत बजेटमा व्यवस्था भए अनुसार व्यायाम शाला, हेल्थ क्लबहरुलेसमेत समावेश गर्नुपर्ने संघको माग छ ।

यसैगरी संघले यो लकडाउनको अवधिको ऋणको व्याजमा मिनाह दिने तथा व्यवसाय सुचारु गर्न अविलम्ब पहलकदम चाल्नको लागि जोडदार माग गरेको छ । साथै सम्पूर्ण घरधनीहरुमा यस व्यवसायको संरक्षण एवं टेवा प्रदान गर्नको लागि लकडाउन अवधिभरको घरभाडा छुट गरेर यससँग आश्रित सम्पूर्णको रक्षार्थ सहयोगको लागि हार्दिक अपिल गरेको छ ।

अहिलेको यस विषम परिस्थितिमा कोरोनाको भ्याक्सीन लगायत ठोस औषधि उपचार नभएको अवस्थामा सबैले यहि धरातलमा रहेर कोरोनासँगै आफुलाई अभ्यस्त बनाउनु पर्ने वाहेकको अर्को विकल्प नरहेको संघले जानकारी दिएको छ ।

साथै लम्बिदो लकडाउनले जनजीवन असहज एवं आक्रान्त बनिसकेको र यसले गर्दा अन्य ब्यबसायी जस्तै व्यायाम शाला, हेल्थ क्लब लगायतका यससँग सम्बन्धित ब्यबसाय पनि धरासय हुने अवस्था आइसकेको संघको निश्कर्ष छ ।

विशुद्ध यसै ब्यवसायलाई अंगालेर आफ्नो परिवार पाल्नुपर्नेहरुको जमात एकातिर ठुलै रहेको छ भने त्यसमा कार्यरत प्रशिक्षक, कर्मचारीहरुको अवस्था नाजुक वन्दै गएको समेत संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL