Logo

आईतबारदेखि उपत्यकामा सवारी चलाउन टाईमकार्ड, यस्तो छ सवारी चलाउने पाईने समय

आईतबारदेखि उपत्यकामा सवारी चलाउन टाईमकार्ड, यस्तो छ सवारी चलाउने पाईने समय



काठमाडौं । आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा अनुसार अब तोकेको समयमा मात्र चलाउन पाउने गरी निर्णय गरेको हो ।

महाशाखाका अनुसार सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर र्फकने समय तोकिएको छ ।

यस्तै बैंक वित्तीय संस्थाका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म र्फकनु पर्नेछ । त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ ।

निमांण सामाग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र विहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् । औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू नहुने महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL