काठमाडौं । सप्तरी सदरमुकाम राजविराज–७ स्थित राज रङ्गशालामा सांस्कृतिक, समाजिक, आर्थिक, धार्मिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव हुने भएको छ । यही कात्तिक १३ देखि सुरु हुने महोत्सव २२ गतेसम्म सञ्चालन हुनेछ । ड्रिम नेपाल युवा सङ्घ सप्तरीका अध्यक्ष कमलकिशोर साहले ड्रिम नेपालको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा महोत्सव आयोजना हुने आज जानकारी दिए ।…