काठमाडौं । टेक अर्बपति तथा टेस्लाका सह–संस्थापक एलोन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टमा यो जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च घटाउने जिम्मेवारी एलोन मस्कलाई दिएका थिए । जनवरीमा ट्रम्प ह्वाइट हाउस आइपुगेपछि उनले मस्कलाई नयाँ सरकारी विभाग, सरकारी दक्षता विभागको…