काठमाडौं । टेक अर्बपति तथा टेस्लाका सह–संस्थापक एलोन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टमा यो जानकारी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च घटाउने जिम्मेवारी एलोन मस्कलाई दिएका थिए । जनवरीमा ट्रम्प ह्वाइट हाउस आइपुगेपछि उनले मस्कलाई नयाँ सरकारी विभाग, सरकारी दक्षता विभागको नेतृत्व गर्न नियुक्त गरेका थिए ।
‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो कार्यकाल समाप्त हुँदै गर्दा म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई अनावश्यक खर्च कम गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु,’ मस्कले बिहीबार ट्वीटरमा लेखेका छन् । उनले भने, ‘सरकारी दक्षता विभाग मिसन समयसँगै बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ ।’ एजेन्सी