काठमाडौं । विश्व बैंकले नेपालको कृषि क्षेत्रलाई उत्थान गर्नेगरी ८ करोड अमेरिकी डलर (९ अर्ब ४३ करोड २८ लाख रुपैयाँ) बराबरको सहयोग उपलब्ध गराउने भएको छ । नेपालको ग्रामिण क्षेत्रमा उत्पादित कृषि उपजलाई निश्चित बजारसम्म पुर्याउन सकिने गरी बजारको विस्तार र उद्यमशिलतालाई प्रवद्र्धन गर्नेगरी विश्व बैंकले ८ करोड डलर बराबरको आयोजना स्वीकृत गरेको हो ।…