काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गरेका छन् । दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सृजना भएको बताएका हुन । अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार…