Logo

लगानी सम्मेलनअघि सरकारले के गर्नुपर्छ ?, यस्ता छन् निजी क्षेत्रका सुझाव

लगानी सम्मेलनअघि सरकारले के गर्नुपर्छ ?, यस्ता छन् निजी क्षेत्रका सुझाव



काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आइतबार बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए ।

laxmi

“लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ”, अर्थमन्त्री डा महतले भने । लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा महतले निर्देशन दिए । अर्थमन्त्री महतले आगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनअघि पर्याप्त तयारी गर्नुपर्ने बताए । बैठकमा अर्थमन्त्री महतले विगतका लगानी सम्मेलनभन्दा फरक हुने गरी र बढी लगानीकर्ता आकर्षित गर्न सम्मेलन हुने बताए ।

“यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौँ । यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौँ,” अर्थमन्त्री महतले भने । सम्मेलनमा धेरै सङ्ख्यामा सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको पनि उनको भनाइ छ । “सरकारले दुईपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको छ । यसपटकको लगानी सम्मेलनको उद्देश्य सक्षम लगानीकर्तासमक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने तथा लगानी प्रतिबद्धतालाई निरन्तर छलफलपछि लगानी स्वीकृतिको चरणसम्म पु¥याउने हो”, अर्थमन्त्री महतले भने ।

स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ । “लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ”, अर्थमन्त्री महतले भने ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’ मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री महतले निर्देशन दिए । आइतबारबसेको निर्देशक समितिको पहिलो बैठकमा पर्यटनमन्त्री सुदन किरातीले सहज लगानी वातावरण बनाउन विद्यमान ऐन कानुन र काम गर्ने शैली बाधक भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए । नेपालमा भूराजनीतिक स्वार्थले पनि लगानी आउने र मध्यपूर्वी राष्ट्रलाई प्राथमिकतामा राख्नेमा उनले जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले विगतका लगानी सम्मेलनको समीक्षा गर्नुपर्ने र त्यसबाट पाठ सिकेर सुधारका प्रयास थालिनुपर्ने बताए । सम्मेलनका लागि तयारी गर्ने समय निकै कम भएकाले अहोरात्र काम गर्नुपर्ने नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताए । उनले ऊर्जा क्षेत्रमा मात्रै अध्ययन भएका परियोजना भएको तर अन्य क्षेत्रमा आयोजनामा अध्ययन कम भएको उनको भनाइ छ ।

लगानीकर्तालाई सरकारले दिने सुविधाबारे बढी तयारी गर्नुपर्ने वाणिज्य सचिव नारायण दुवाडीले बताए । उनले ऐनले दिएको सुविधाले पूर्ण विश्वार्स न गर्न नसकेको भन्दै लगानीकर्तालाई विश्वस्त पार्न अनुसन्धानमूलक हिसाबले आयोजनाको अध्ययन गर्न जोड दिए । लगानी बोर्डका पूर्वअध्यक्ष राधेश पन्तले सम्मेलन नतिजामुखी हुनुपर्नेमा जोड दिए । उनले ‘हेजिङ’ नियमावली कार्यान्वयन जानुपर्ने, नेपालको सार्वभौम साख मूल्याङ्कन ‘सभरेन कन्ट्री रेटिङ’ गर्नेमा जोड दिए । लगानी बोर्डलाई बलियो बनाउन र पर्याप्त कर्मचारीको व्यवस्था गर्न उनले जोड दिए । आयोजना दिगो बनाउन सकियो भने बोर्ड आफ्नै स्रोतले धानिने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले लगानी सम्मेलन गर्नुभन्दा अगाडि पहिला अरू साना सम्मेलन गरेर लगानीकर्तालाई आयोजनाबारे विस्तृतमा बुझाउन आवश्यक भएको बताए । उनले नेपालमा दुई पक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता ‘बिप्पा’बारे विदेशी लगानीकर्ताको चासो रहेको र खाडी क्षेत्रलाई प्राथमिकतामा नराखेकाले त्यसतर्फ बढी केन्द्रित गर्न आग्रह गरे । नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्माले विगतका लगानी सम्मेलनमा गरिएका वाचा पूरा नभएको बताए । लगानीकर्ता नेपालभन्दा अन्य बजारतिर गएका बताउँदै उनले सम्मेलनअगाडि नै संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए । सम्मेलन तयारीका लागि चार महिना छोटो समय भएको भन्दै उनले भने, “सरकारले गर्ने समन्वय लगानी बोर्डमार्फत होस् । व्यावसायिक एवं दक्ष परामर्शदाता राखेर विश्वव्यापी मान्यता पाउने प्रतिवेदन तयार गरौँ ।”नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले लगानी सम्मेलनका लागि प्राकृतिक स्रोतलाई सदुपयोग गर्नेगरी आयोजना छनोट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL