Logo

ग्लोबल इक्विटी फण्डलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटल अवार्ड प्रदान, २ अर्ब बराबरको इम्प्याक्ट ग्रोथ फण्डको तयारी गर्दै

ग्लोबल इक्विटी फण्डलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटल अवार्ड प्रदान, २ अर्ब बराबरको इम्प्याक्ट ग्रोथ फण्डको तयारी गर्दै



काठमाडौं । ग्लोबल इक्विटी फण्डले बेस्ट एसएमई इन्भेस्टमेन्ट फर्म २०२३ अन्तर्गत ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल अवार्ड २०२३’ प्राप्त गरेको छ। यो अवार्ड बेलायतको प्रतिष्ठित म्यागजिन वेल्थ एण्ड फाइनान्स इन्टरनेशनलले प्रदान गरेको हो। ग्लोबल इक्विटी फण्ड जुलाई २०२३ मा यस श्रेणीको लागि मनोनीत भएको थियो र निर्णायक मण्डलबाट चयन प्रक्रिया पछि १७ नोभेम्बरमा पुरस्कार घोषणा गरिएको थियो।

laxmi

ग्लोबल इक्विटी फण्डले नेपालमा प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने गरी विशिष्टिकृत कोष सञ्चालनको अनुमति नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पाएको छ र विशिष्टिकृत लगानी कोष अन्तर्गत नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्डको तयारी गर्दैछ जुन फण्डको आकार २ अर्ब रहने छ र यसले स्टार्टअप तथा ग्रोथ स्टेजका एसएमई कम्पनीमा लगानी गर्नेछ ।

हाल ग्लोबल इक्विटी फण्डले २ इन्भेष्टमेण्ट फण्डहरूको व्यवस्थापन गर्दछ । ग्लोबल को पहिलो फण्ड ुनेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड हो र यस फण्डको आकार १५० करोड रहेको छ । यस फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ ।

हाल नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेस्टमेन्ट फण्डले ६ वटा कम्पनीमा लगानी गरेको छ । हाल यस फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई, तत्व फार्म्स र उर्जा इम्याक्ट फण्डमा लगानी गरेको छ । नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड पनि पब्लिक कम्पनीको रुपमा रहेको छ र निकट भविष्यमा प्रिमियममा आईपीओ निष्काशन गर्ने योजना बनाएको छ ।

हालसालै ग्लोबल इक्विटी फण्डले नेपाल वोमेन ग्रोथ इक्विटी फण्डको घोषणा गरेका छन् । महिला उद्यमीहरुलाई लक्षित गरेको यो फण्ड नेपालको पहिलो इक्विटी फण्ड हो । यस फण्डको आकार ५० करोडको रहेको छ । यस फण्डले महिला उद्यमीहरुलाई पुँजीमा पहुँच पुर्याउने, व्यवासय विस्तार तथा वृद्धिमा सहयोग गर्ने अतिरिक्त महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गरि उनीहरुलाई आन्तरिक तथा विश्वव्यापी बजारहरुसँग लिक गर्ने अवसरहरू प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL