Logo

लक्ष्मी बैंकले १० प्रतिशत बोनस सेयर प्रदान गर्ने

काठमाडौं । लक्ष्मी बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको छ । साथै बैंकले कर प्रयोजनको लागि ०।५३ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आफ्नै साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।