काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्षको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश नं. ५ अन्तरगत नेपालगन्ज प्रादेशिक कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोबिन्द प्रसाद शर्माको सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।…