Logo

सिभिल बैंकको शाखा काठमाण्डौको बाङ्गेमुढामा, शाखा संख्या १११ पुग्यो

सिभिल बैंकको शाखा काठमाण्डौको बाङ्गेमुढामा, शाखा संख्या १११ पुग्यो



काठमाडौं । सिभिल बैंकले काठमाडौंको बाङ्गेमुढामा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ तथा काठमाण्डौ महानगरपालिका २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्तरुपमा उद्घाटन गरेका हुन ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन । उक्त सहयोग रकम बैंकका अध्यक्ष तामाङले विद्यालयका प्रतिनिधि सुरभि श्रेष्ठलाई हस्तान्तरण गरेका छन ।

बैंकले करीव ५३ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । विस्तारित शाखासँगै बैंकको शाखा संख्या १११ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL