काठमाडौं । अब भुक्तानी सेवाप्रदायक कम्पनीहरुले संचालनमा ल्याएका वालेटमा दशैं र तिहारमा दैनिक ३० पटकसम्म रकम जम्मा गर्न पाईने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै असोज २१ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १५ गतेदेखि कार्तिक २२ गतेसम्मका लागि हरेक दिन ३० पटकसम्म कारोबार गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको हो…