काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले माघ १ गतेदेखि खाता खोल्न राष्ट्रिय परिचयपत्र वा नम्बर अनिवार्य गरे पनि केही व्यक्तिहरूले यो बिना पनि खाता खोल्न सक्ने सुविधा पाउनेछन्। नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुका नाममा सर्कुलर जारी गर्दै विदेशमा बसोबास गर्ने नेपाली नागरिकले अनलाइनमार्फत इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक…