Logo

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त



काठमाडौं । नेपाल एसबिआई बैंक लि.को नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त भएका छन् ।

बैंकको प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका आनन्द जेठ १३ देखि लागू हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

यस नियुक्तिसँगै आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख संचालन अधिकृतको समेत जिम्मेवारी सम्हालेको बैंकले जनाएको छ ।

नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्