काठमाडौं । राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीको निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले विरोध सुरु गरेको छ । संघले बैंकको केन्द्रीय कार्यालय बालुवाटारका साथै देशभरका सम्पूर्ण कार्यालयमा एकैसाथ कोणसभा तथा कालो व्यानर झुण्डाएर विरोध सुरु गरेको हो । उक्त व्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर,’ ‘निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर…