Logo

समस्याग्रस्त नेपाल सेयर मार्केट्स पुनः संचालनको तयारी, राष्ट्र बैंकले सर्टलिस्ट गर्याे संयोजक र सदस्य

समस्याग्रस्त नेपाल सेयर मार्केट्स पुनः संचालनको तयारी, राष्ट्र बैंकले सर्टलिस्ट गर्याे संयोजक र सदस्य



काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको संयोजक र सदस्य पदका लागि १० जनाको नाम सर्टलिस्टमा परेको छ । नेपाल राष्ट्र बैंकले कम्पनीलाई पुनः व्युँताउन गत भदौ २० गते व्यवस्थापनका लागि भन्दै १ जना संयोजक र १ जना सदस्य पदका लागि आवेदन माग गरेको थियो । उक्त विज्ञापनमा आवेदन दिनेमध्ये राष्ट्र बैंकले संयोजक पदका लागि ५ जना र सदस्य पदका लागि ५ जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो ।

२०६८ बैशाख महिनाको वित्तीय विवरणको आधारमा संस्थालाई संकटग्रस्त घोषणा गरिएको थियो । संस्थाको पुँजीकोष ऋणात्मक हुनुको साथै वित्तीय स्थिति थप कमजोर हुँदै गएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । सोही कम्पनीलाई पुनः संचालनमा ल्याउने हेतुले यसको व्यवस्थापन समुह खोजी कार्य भईरहेको थियो । करिव ३ महिनापछि यसमा आवेदन दिएका १० जनाको नाम सार्वजनिक गरेर कार्यपत्र प्रस्तुत गर्ने मितिसमेत राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

कम्पनीको संयोजक पदका लागि आवेदन दिएकामध्ये प्रकास कुमार श्रेष्ठ, विनय रिजाल, विष्णुमणि गौतम, शिवभक्त पोखरेल र सागुर कुमार घिमिरेको नाम सर्टलिस्टमा छ । यस्तै यता सदस्य पदका लागि भने ईश्वर कुमार कार्की, काजीराम कार्की, गोविन्द प्रसाद शर्मा, तारानाथ पाण्डे र श्रीराम सिटौलाको नाम सर्टलिस्टमा परेको हो । यी सबै उम्मेदवारहरुमध्ये प्रत्येक पदमा १ जनाको नाम मात्रै छनोट हुनेछ । कार्यपत्र प्रस्तुतीका आधारमा नाम छनोट हुने भएकाले उम्मेदवारहरुले मंसिर २८ देखि पुष ३ गतेसम्म कार्यपत्र प्रस्तुत गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL