Logo

राष्ट्र बैंकले गर्यो २ बैंकलाई नगद जरिवाना, ७ बैंकका सीईओ र संचालकलाई गरायो सचेत

राष्ट्र बैंकले गर्यो २ बैंकलाई नगद जरिवाना, ७ बैंकका सीईओ र संचालकलाई गरायो सचेत



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ९ बैंकलाई कारबाही गरेको छ । नियम विपरित काम गर्ने २ वाणिज्य बैंकलाई नगद जरिवाना र ७ ओटा बैंकका संचालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राष्ट्र बैंकले सचेत गराएको हो ।

laxmi

राष्ट्र बैंकले दिएको जानकारी अनुसार बैंक अफ काठमाण्डू, कृषि विकास बैंकलाई नगद जरिवानासहित सचते गराईएको छ । जसमध्ये बैंक अफ काठमाडौंले तोकिएको क्षेत्र अर्थात विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै राष्ट्र बैंकले २ करोड ११ लाख ८५ हजार नगद जरिवाना गरेको हो । यस्तै कृषि विकास बैंकले सम्पत्ति शुद्धिकरणजस्तो अपराधलाई सहयोग पुर्याउने गरी उक्त ऐन र निर्देशन उल्लंघन गरेको भन्दै २० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

राष्ट्र बैंकले सनराइज र मेगा बैंकका सीईओ र संचालक समितिलाई आधार दर भन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै सचेत गराइएको छ । यसैगरी मेगा बैंकले लगानी भएका कर्जा असुल नगरी पटक–पटक नवीकरण गरेपछि सो बैंकका सीईओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराएको छ ।

यसैगरी बैंक अफ काठमाडौं लिमिटेड, प्रभु बैंक, कुमारी बैंक र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको भन्दै सचेत गराएको छ ।

राष्ट्र बैंकले हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई भने एक पटक लगानी भएको कर्जामा पुनः प्रिमियम दर वृद्धि गरेको पाईएपछि त्यसो नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL