Logo

कर्जा प्रबाह नीतिमा राष्ट्र बैंक युटर्न, भन्यो–ब्याजदर नबढाउनु ऋण दिनु

कर्जा प्रबाह नीतिमा राष्ट्र बैंक युटर्न, भन्यो–ब्याजदर नबढाउनु ऋण दिनु



काठमाडौं । कर्जा प्रबाहलाई निरुत्साहित गर्दै ब्याजदर वृद्धि गर्ने नीति लिएको राष्ट्र बैंक पछिल्लो समय उक्त नीतिबाट पछि हटेको छ । तरलता (लगानी योग्य पूँजी) अभावलाई व्यवस्थापन गर्न ब्याजदर बढाएर कर्जा प्रबाहलाई निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै आफुलाई १८० डिग्रीमा परिवतर्नन गरेको छ ।

laxmi

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको ५२ नम्बर बुँदामार्फत भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पुर्याउने र तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गर्ने बताएको छ । यससँगै अबका दिनमा राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई नियन्त्रण गर्दै कर्जा प्रबाहलाई प्राथमिकता दिने देखिएको छ ।

पछिल्लो समय बजारमा लगाती योग्य पूँजी आएको र एसएलएफको समेत कम भएकाले बजारको मागलाई सम्बोधन गर्दै कर्जा विस्तारलाई केही प्राथमिकता दिइएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादूर मिश्रले जानकारी दिए । ‘राष्ट्र बैंकले समयको माग अनुरुप आफ्नो नीति नियम परिमार्जन गरिरहन्छ,’ उनले भने, ‘यसअघि समस्यामा हुँदा कर्जा प्रबाहलाई कडाई गरिएको थियो अहिले केही सहज भएको सोही अनुरुप बजारको मागलाई सम्बोधन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL