काठमाडौं । सिभिल बैंकले सर्वाधिक ब्याज पाइने ‘चन्द्रसूर्य बचत खाता’ योजना ल्याएको छ । बैंकले ल्याएको योजना बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याज प्रदान गर्नेछ । न्यूनतम मौज्दात १० हजार रहेको बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट दिएको छ ।…