काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गरेको छ । प्रधानमन्त्री र व्यवसायीको दबाबमा परेको राष्ट्र बैंकले सिमित क्षेत्रको ब्याजदरमा नियन्त्रण र बजारमा लगानीयोग्य पूँजी ल्याउने गरी अर्धबार्षिक समीक्षा सार्वजनिक गरेको हो । दिनभर व्यवसायी र अर्थमन्त्रीको प्रेसरमा परेको राष्ट्र बैंकले राती अबेर गरी आफ्नो वेवसाईटमार्फत मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गरेको…