Logo

साधना लघुवित्तको आइपिओ विक्री खुला, यसरी गर्न सकिन्छ आवेदन

साधना लघुवित्तको आइपिओ विक्री खुला, यसरी गर्न सकिन्छ आवेदन



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ आज आइतवारबाट विक्री खुला भएको छ । कम्पनीले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि, ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याएको छ ।

छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिने सकिनेछ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि –आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू। १४ करोड ७७ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी रू। २१ करोड ७७ लाख पुग्नेछ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ रू। १२९ दशमलव ५९ छ । हालसम्ममा कम्पनीले ६० ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू। १ करोड ९० लाख नाफा कमाएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू। १ करोड ७९ लाख खराब कर्जा उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL