Logo

सामुदायिक लघुवित्तको आईपिओ खुला, मंसिर ५ गतेसम्म आवेदन दिन सकिने

सामुदायिक लघुवित्तको आईपिओ खुला, मंसिर ५ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको छ ।

संस्थाले आजदेखि प्रति सेयर १ सय रुपैयाँको दरमा सर्वसाधारणको लागि २ लाख ७३ हजार कित्ता सेयर निष्काशन गरेको हो । उक्त सेयरमा छिटोमा मंसिर ५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष २ गतेसम्म निष्काशन गर्ने भएको हो ।

संस्थाले कुल निष्काशन गरिएको सेयरको ४ प्रतिशत अर्थात १२ हजार कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात १५ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङबाट आवेदन दिन पाईने संस्थाले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL