Logo

ब्याज आम्दानी वृद्धि हुँदा महिला लघुवित्तको खुद नाफा बढ्यो, ४४ प्रतिशतले नाफामा छलाङ

ब्याज आम्दानी वृद्धि हुँदा महिला लघुवित्तको खुद नाफा बढ्यो, ४४ प्रतिशतले नाफामा छलाङ



काठमाडौं । महिला लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

laxmi

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा लघुवित्तको खुद नाफा ४४ दशमलव २१ प्रतिशतले बढेर दुई करोड ८६ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६० दशमलव ७३ प्रतिशतले बढेर छ करोड ५५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले चार करोड सात लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २२ दशमलव १८ प्रतिशतले बढेर एक करोड ९३ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक करोड ५८ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL