Logo

महिला लघुवित्तको आईपीओ बाँडफाँड, साढे ९७ प्रतिशत आवेदकको हात खाली

महिला लघुवित्तको आईपीओ बाँडफाँड, साढे ९७ प्रतिशत आवेदकको हात खाली



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार बिहान भएको बाँडफाँड कार्यक्रमको नतिजा अनुसार उक्त आईपीओ कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता हात पारेका छन् ।

laxmi

यसैगरी लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँड गरिएको छ भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँड गरिएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसारमा शुक्रबार बिहान ८ बजे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड भएको हो ।

सीमित संख्यामा निष्काशन भएको आईपीओमा उच्च आवेदनका कारण महिलाको आईपीओ साढे २ प्रतिशत आवेदकले मात्रै पाएका हुन् । बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको थियो भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० निष्काशन गरेकोमा आज बिहान बाँडफाँड गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL