Logo

समृद्धि फाइनान्सद्धारा युवावर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्धारा युवावर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न



काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले युवावर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको हेटौंडा शाखा कार्यालयले शनिबार रोड हाउस रेष्टुरेन्टमा र बनेपा शाखा कार्यालयले आइतबार बनेपास्थित मिलिनियम कलेजमा विद्मार्थीहरु माझ युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

laxmi

ग्लोबल मनि सप्ताहको सन्दर्भमा ‘प्लान योर मनि, प्लान योर फ्युचर’ भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । भविष्यमा थप शाखाहरुबाट नियमित रुपमा विभिन्न वर्गहरु लक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना गरिने तालिका रहेको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL