Logo

कर्मचारीलाई राष्ट्र बैंकको अंकुश : टिकटक बनाउन रोक, सामाजिक संजाल र मिडियामा लेख रचना राख्न अनुमति चाहिने

कर्मचारीलाई राष्ट्र बैंकको अंकुश : टिकटक बनाउन रोक, सामाजिक संजाल र मिडियामा लेख रचना राख्न अनुमति चाहिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन तथा मिडियामा लेख रचना प्रकाशित एवं व्यक्तिगत अभिव्यक्ति दिन रोक लगाएको छ । पछिल्लो समय कार्यालय समयमा सामाजिक संजाल चलाउने एवं सरकारको नीति विरुद्ध फेसवुक स्टाटस तथा ट्वीट गर्ने क्रम बढेपछि त्यसलाई रोक लगाईएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए ।

laxmi

राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई टीकटक बनाउन, सरकार तथा राष्ट्र बैंकको नीति अनुरुप मिडियामा लेख रचना प्रकाशित गर्ने, फेसवुक तथा ट्वीटरमा अरुलाई लान्छना लगाएर विचार राख्ने, आफुखुशी वविनारमा भाग लिएर विचार राख्ने जस्ता कार्य गरेको भेटिएपछि राष्ट्र बैंकले आन्तरिक रुपमा सर्कुलर नै जारी गरेर रोक लगाएको हो ।

‘पछिल्लो समयमा कर्मचारीले अफिस समयमा टीकटक बनाउने तथा सामाजिक संचालमा व्यस्त हुन थालेपछि त्यसले दैनिक काममै असर पुर्याएपछि हामीले रोक लगाएका हौं,’ प्रवक्ता भट्टले भने, ‘अबमा दिनमा राष्ट्र बैंकका कर्मचारीले स्वीकृति वेगर वेविनारमा भाग लिने तथा प्रस्तुतिकरण दिने, सरकारको नीति विरुद्ध विद्युती माध्यम तथा संचार माध्यममा लेख रचना प्रकाशित गरेमा, कार्यालयको पोशाकमा कार्यलय स्थमै टीकटक बनाएमा कारबाही गरिने छ ।

त्यस्तै, फेसबुक, ट्वीटर र म्यासेन्जरमा सरकारका नीति र राष्ट्र बैंकका काम कारबाहीको आलोचना गर्न पनि रोक लगाइएको छ ।

यदि कर्मचारीले अबका दिनमा त्यस्ता कार्य गरेको थाहा भएमा राष्ट्र बैंक कर्मचारी सेवा विनियामावली(२०६८ मा उल्लेख भएको ब्यवस्था अनुरुप कारबाही गर्ने भएको छ ।
तर राष्ट्र बैंक तथा सरकारको नीति विरुद्ध नगई सकारात्क अभिव्यक्ति दिन तथा लेख रचना प्रकाशित गर्न भने पाईने भटट्ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL