Logo

नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैंठकले उनलाई राष्ट्र बैंक गभर्नरमा नियुक्त गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिए । उनलाई सरकारले राष्ट्र बैंकको १७ औं गभर्नरका रुपमा आगामी ५ बर्षका लागि नियुक्त गरेको हो ।

यस अघि चैत १८ गते बसेको मन्त्रिपरिषद् बैंठकले अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर नियुक्तीका लागि सिफारिस समिति गठन गरेको थियो । सो समितिमा पूर्व गभर्नरको तर्फबाट बिजयनाथ भट्टराई र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा बाणिज्य कानूनको तर्फबाट पूर्व सचिव कृष्णहरि बास्कोटालाई सदस्यमा राखिएको थियो ।

उक्त सिमितिले आजै मात्र सरकार समक्ष ३ जनाको नाम सिफारिस गरेको थियो । जसमा अधिकारीको साथै चिन्तामणि शिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अबकाश पाएका अधिकारीको बैंक तथा वित्तीय क्षेत्रमा राम्रो दख्खल रहेको छ । हाल लगानीको प्रमुख कार्यकारी अधिकृत हुँदा पनि उनले विवादरहति ढंगबाट वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका थिए ।

राष्ट्र बैंकमा ३० बर्ष विताएका अधिकारीसँग केन्द्रीय बैंकको विभिन्न विभागमा बसेर काम गरेको अनुभव रहेको छ भने वित्तीय ब्यवस्थापन, बैंक सुपरिवेक्षण बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर गरिसकेका छन् ।

अधिकारीको नियुक्तीसँगै राष्ट्र बैंकलाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL