Logo

सरकारले गठन गर्यो गभर्नर सिफारिस समिति, को बन्ला नयाँ गभर्नर ? यस्ता छन् प्रतिस्पर्धी !

सरकारले गठन गर्यो गभर्नर सिफारिस समिति, को बन्ला नयाँ गभर्नर ? यस्ता छन् प्रतिस्पर्धी !



काठामडौं । सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।

आईतबार बसेको मन्त्रिपरिषद् बैंठकले अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन भएको गरेको हो ।

सरकारले तीन सदस्यीय गभर्नर सिफारिस समिति बनाएको हो । जसमा पूर्व गभर्नरको तर्फबाट बिजयनाथ भट्टराई र पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा सदस्य रहेका छन् ।

सरकारले गभर्नरको कार्यकाल सकिनुभन्दा एक महीना अगाडी नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने थियो । तर, सरकारले गभर्नरको कार्याकाल सकिएको २ हप्तापछि मात्र गभर्नर सिफारिस समिति बनाएको छ ।

यहि चैत ४ गते राष्ट्र बैंकमा गभर्नर डा. चिरञ्जिवी नेपालको पाँच वर्षे कार्यकाल सकिएको थियो । त्यसयता राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिईएको छ भने उक्त पद खाली रहेको छ ।

सरकारले गठन गरेको गभर्नर सिफारिस समितिले यथासक्दो छिटो ३ जनाको नाम सरकार समक्ष पठाउने भएको छ । सो समितिले गभर्नर नियुक्तीका लागि राष्ट्र बैंकको डेपुटी गभर्नर सहित ३ जनाको नाम मन्त्रिपरिषद समक्ष सिफारिर गर्नुपर्नेछ ।

हाल नयाँ गभर्नर नियुक्तीका लागि राष्ट्र बैंककै वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी अग्रपंतीमा रहेको छन् । सरकारसँग नजिक रहेका काम गरेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा गभर्नर बन्न लागेको उच्च स्रोतले जानकारी दिएको छ । नेकपा नेतृत्वको सरकार र गभर्नर सिफारिस समितिले ३ जनाको नाम छनौट गर्दा राष्ट्र बैंकको बाहलवाला डेपुटी गभर्नरको नाम राख्नुपर्ने व्यवस्थाले गर्दा शिवाकोटी सिफारिसमा पर्ने निश्चित छ ।

यसैगरी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत पनि सोही दौडमा रहेका छन् । पछिल्लो समय सो पदका लागि पूर्व अर्थसचिव राजन खनाल, डा. मीनबहादुर श्रेष्ठ र राष्ट्रि बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ पनि गभर्नर बन्ने दौडमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL