Logo

सिभिल बैंकको शाखा अत्तरखेलमा, शाखा संख्या ११३ पुग्यो

सिभिल बैंकको शाखा अत्तरखेलमा, शाखा संख्या ११३ पुग्यो



काठमाडौं । सिभिल बैंकले काठमाण्डौंको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले उद्घाटन गरेका हुन ।

laxmi

सरकारले कोरोनाबाट बच्नका लागि जारी गरिएको सुचनालाई आधारमानी बैंकले पूर्व निर्धारित उद्घाटनलाई स्थगित गरि अनौपचारीक उद्घाटन गरिएको हो । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ओख्रेनी माध्यमिक विद्यालय सुन्दरीजललाई ई–लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा रामजानकी आधारभुत विद्यालय नयॉपाटी काठमाण्डौका विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अत्तरखेलमा शाखा स्थापनासँगै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसँग भएको सानो सानो पुँजीलाई बैंकमा राखी निर्धक्क भई ब्याज लिन आग्रह गरेका छन ।

बैंकले ५४ अर्ब भन्दा बढी निक्षेप परिचालन गरि करीव ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे छ । हाल ११३ शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL