Logo

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने, मोबाईल बैंकिङ प्रयोग गर्न निर्देशन

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने, मोबाईल बैंकिङ प्रयोग गर्न निर्देशन



काठमाडौं । नेपाल बैंकर्स संघले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संभावित जोखिम न्यूनीकरण गर्न डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले नोटबाट पनि कोरोना बढ्न सक्ने सम्भावना देखिएपछि यसबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न नोटको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न निर्देशन दिएको हो ।

laxmi

शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट र मोबाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवार, कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाकोे एटीएम प्रयोग गर्दा कुनै शुल्क नलिने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘इन्टरनेट र मोबाइल बैंकिङ सेवा लिएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL