Logo

सिभिल बैंकको शाखा ललितपुरको नखिपोटमा, चाईल्ड केयर सेन्टरलाई २० थान ब्ल्याङ्केट

सिभिल बैंकको शाखा ललितपुरको नखिपोटमा, चाईल्ड केयर सेन्टरलाई २० थान ब्ल्याङ्केट



काठमाडौं । सिभिल बैंकले ललितपुरको नखिपोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले उद्घाटन गरेका हुन ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कम्युनिटी चाईल्ड केयर सेन्टरलाई २० थान ब्ल्याङ्केट हस्तान्तरण गरिएको छ ।सो ब्ल्याङ्केट बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङले चाईल्ड केयरकी अध्यक्ष बिष्णु थापालाई हस्तान्तरण गरेका हुन ।

विस्तारित शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले नखिपोटमा शाखा स्थापनाले सो क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसँग भएको सानो सानो पुँजीलाई बैंकमा राखी निर्धक्क भई ब्याज लिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL